६ असोज, धनगढी । नेपाली कांग्रेसकी सुदूरपश्चिम प्रदेशसभा सदस्य दिब्यश्वरी शाहले पार्टीमा नबस्ने घोषणा गरेकी छन् ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक प्रदेशसभा बनेकी शाहले पार्टीमा मनोमानी बढेको भन्दै नबस्ने र छिट्टै बिपी कांग्रेसमा प्रवेश गर्न लागेको खुलाएकी छन् ।
‘अब म नेपाली कांग्रेस पार्टीमा बस्दैन् । पार्टीमा अराजकता र मनोमानी धेरै भयो,’ शाहले प्रेसपत्रसँग भनिन्, ‘मैले विगतदेखि बिपीकै सिद्धान्तको पालना गर्दै आएकी छु । छिट्टै बिपी कांग्रेसमा देख्नुहुनेछ ।’
शाह बिपी कांग्रेसका उपसभापति समेत रहेका पूर्व प्रदेशसभा सदस्य कर्ण मल्लकी सासु हुन् ।