धनगढीमा विद्यालयको हाताभित्र पुरुष मृत भेटिए प्रेसपत्र प्रकाशित २०७९ आश्विन ७, शुक्रबार ०८:२६ ७ असोज, धनगढी । धनगढीमा विद्यालयको हाताभित्र एक जनाको शव भेटिएको छ । उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको तुलसीराम माध्यमिक विद्यालयको हाताभित्र सोही ठाउँका खड्कसिंह खड्का मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।