उद्योग व्यवसायी महासंघ सुदूरपश्चिमले भन्यो : उच्च ब्याजदर बृद्धि फिर्ता लेउ

cp new add
Nisharg hospital

७ असोज, धनगढी । नेपाल उद्योग तथा व्यवसायी महासंघ सुदूरपश्चिमले मूल्य बृद्धिसँगै तरलता अभाव बढेका बेला बैँक तथा बित्तिय संघसंस्थाहरुले ब्याजदरमा गरेको बृद्धिले थप समस्या निम्त्याएको जनाएको छ । ब्याजदरमा गरिएको उच्च बृद्धिले उद्योगी व्यवसायीहरुलाई मारमा पारेको भन्दै शिघ्र समस्याको समाधान खोज्न आग्रह गरिएको छ ।

Nast Ad

शुक्रबार नेपाल राष्ट्र बैँक धनगढीका निर्देशक बिनोद लेखकमार्फत राष्ट्र बैँकका गर्भनरलाई ज्ञापन पत्र बुझाउँदै उद्योग तथा व्यवसायी महासंघ प्रदेश समितिले राष्ट्र बैँकको निर्देशनअनुसार भन्दै बैँकहरुले आफूखुसी ब्याजदर बृद्धि गरेर मनोमानी गरेकाले त्यसलाई रोक्न आग्रह गरेको छ ।

 

प्रदेश अध्यक्ष बिरबहादुर साउँद र सचिव मदनराज भट्टद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा बैँकहरुले १५.०३ प्रतिशतसम्म ब्याजदर दिएर अस्वस्थ प्रतिस्पर्धामार्फत निक्षेप संकलन गर्न थालेको उल्लेख गरिएको छ । बैँकको उच्च ब्याजदरका कारणले लागत बढेर मुद्रास्फ्रिती नियन्त्रण बाहिर जाने जोखिम बढेकाले सरकारले लिएको ७ प्रतिशतको मुद्रास्फ्रिती भेटाउन नसकिएको महासंघको भनाई छ ।

‘हाल प्रवाह भइरहेको कर्जा ३० प्रतिशतले घटाउनपर्ने अव्यवहारिक छ । उक्त व्यवस्थालाई तुरुन्त सच्याइ उद्योगी तथा व्यवसायीको मनोबल उच्च बनाएर मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउन सकिने हाम्रो निष्कर्ष छ,’ महासंघले विभिन्न ५ बुँदे माग र सुझाव दिदै नेपाल राष्ट्र बैँकलाई भनेको छ, ‘त्यसैले वर्तमान अवस्थाको समाधान तुरुन्त खोज्न जोडदार माग गर्दछौँ । अन्यथा उद्योग व्यवसायको तालाचाबी राज्यलाई सुम्पन पर्ने अवस्थामा पुग्ने अनुमान गर्न सकिन्छ ।’

नेपाल राष्ट्र बैँक धनगढीका निर्देशक लेखकले उद्योग तथा व्यवसायी महासंघले बुझाएको ज्ञापनपत्र जस्ताको त्यस्तै गर्भनरलाई पठाइने बताएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...