
८ असोज, धनगढी । बैतडी स्थायी घर भएका लोकराज भट्ट राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालको ५३ औं बाषिकोत्सवको अवसरमा प्रेस काउन्सिल बर्ष कर्मचारी पुरस्कारबाट उनलाई पुरस्कृत भएका हुन् ।

उनी बैतडीको दोगडाकेदार गाउँपालिकाको गुरुखोलाका स्थायी बासिन्दा हुन् । काउन्सिलमा मिडिया अनुगमनकर्ताको रुपमा कार्यरत भट्टले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता र जन प्रशासनमा स्नातकोत्तर गरेका छन् ।

उनी अहिले कानुनमा स्नातक अध्ययन गरिरहेका छन् । भट्टसँग हेल्थ टुडे राष्ट्रिय मासिक, हेल्थ टुड नेपाल डटकममा उप सम्पादक भई काम गरेको अनुभव छ । शिक्षण पेशामा समेत संलग्न भट्ट बानेश्वर बहुमुखी क्याम्पसमा पत्रकारिता विषयको उप–प्राध्यापक छन ।

स्थानीय विकास तथा सशक्तिकरण सम्बन्धि कर्णाली लगायत दूर्गम क्षेत्रमा काम गरेको समेत अनुभव छ । भट्ट राजनीतिक आलेख, ऐतिहासिक डकुमेन्ट्री निर्माण तथा अनुसन्धान, साहित्य र सामाजिक कार्यमा पनि रुची राख्छन् ।
कृष्ण प्रसाद भट्टराई अध्ययन केन्द्र, सुदूरपश्चिम समाज काठमाडौं, बैतडी सेवा समाज काठमाडौं, प्रसंशा संरक्षण समूह र स्टेप नेपाल लगायत सामाजिक संघसंस्थामा आबद्ध रही सामाजिक कार्यमा पनि भट्ट सक्रिय छन् ।
२०७५ बैशाख १ गते काउन्सिल सेवा प्रवेश गरेका भट्टले मिडिया अनुगमन तथा उजुरी व्यवस्थान लगायतका कार्यालयले तोकेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार, २०७९ प्रदान गरेको हो ।
