राष्ट्रपतिका विरूद्ध मुद्दा न्यायाधीश फुयालको इजलासमा

Nisharg hospital

९ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदले पारिद गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेको भन्दै परेका मुद्दाहरूमा आइतबार सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका अनुसार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा राष्ट्रपतिविरूद्ध परेका पाँच मुद्दाको सुनुवाइ हुँदैछ । विभिन्न व्यक्तिहरूले हालेका रिटहरू फुयालको इजलासको ८ औं नम्बर मा राखिएको छ ।

swostik

संसदले दोस्रो पटक पारिद गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नागरिकता विधेयक पहिलो पटक राष्ट्रपति भण्डारीले फिर्ता गरेकी थिइन् ।
दुबै सदनले फेरि सोही विधेयक पारित गरेर राष्ट्रपति कार्यालय पठाएका थिए ।

संसदले पठाएको १५ दिनसम्म पनि राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपतिले संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा मुद्दा परेका हुन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...