कैलालीमा युवाकाे समूहद्वारा जिप चालक र साहुमाथि कुटपिट, सहचालकलाई आफैंसँग लिएर भागे

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलालीमा युवाकाे समूहले दाउरा बाेकेकाे जिप नियन्त्रणमा लिएर चालक र जिप धनीमाथि कुटपिट गरेका छन् ।

साेमबार राति करीब ११ बजेतिर मोहन्याल गाउँपालिका-७ पितमारी खोलामा कचाली गाउँबाट दाउरा लिएर आउँदै गरेको भे १ च ३७१४ नम्बरको बाेलेराे जिप नियन्त्रणमा लिएर चालक र जीप साहुमाथि कुटपिट गरिएको प्रहरीले जनाएकाे छ ।

कुटपिटबाट जिप चालक लम्कीचुहा नगरपालिका- ८ खग्रवार बस्ने २५ वर्षीय अनुराज चौधरी र रामबहादुर चाैधरीमाथि कुटपिट भएकाे इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले बताए ।

उनकाअनुसार कुटपिटबाट घाइते भएका चालक अनुराजकाे लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ भने जिप साहुलाई सामान्य लछारपछार मात्र गरिएकाले धेरै चाेट छैन् ।

आक्रमण गर्ने समूहका युवा सहचालक लम्कीचुहा नगरपालिका-९ मलभंगा बस्ने १७ वर्षीय लोकेन्द्र चौधरीलाई आफैंसँग लिएर फरार भएका फरार भएका छन् ।

लम्कीचुहान नगरपालिका-३ चिसापानी बस्ने २३ वर्षीय  नारायण शाहीलाई भने प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीसँगैका चिसापानीकै भावेश सापकोटा लगायतका चार जना भने सहचालकलाई लिएर फरार भएका हुन् ।

उनीहरूकाे खाेजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जिप नियन्त्रणमा लिएर कुटपिट गर्ने समूहकाे खाेजी भइरहेको बताए ।

उनीहरूले दुई नम्बरी दाउरा ल्याइरहेकाे भन्दै जिपबाट पैँसा लिने खाेजेकाे तर पैँसा नपाउने भएपछि कुटपिट गरेकाे बुझिएकाे उनकाे भनाइ छ ।

सहचालक चाैधरीलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने भन्दै युवाकाे समूहले आफैंसँग लिएर गएको प्रहरीकाे भनाइ छ ।

जिप नियन्त्रणमा लिएर कुटपिट गर्ने कार्यमा संलग्नहरू चिसापानी क्षेत्रमा हप्ता असुली जस्ता कार्यमा विगतदेखि सक्रिय समूह भएकाे पाइएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...