झापाको कालिझोडामा ५४ वर्षीय पुरुष मृत भेटिए

Nisharg hospital

९ असोज, काठमाडौं । मेचीनगर नगरपालिका–१२, कालिझोडामा एकजनाको शव भेटिएको छ । विर्तामोड–४ बस्ने ५४ वर्षका देवीप्रसाद पोखरेल मृत अवस्थामा भेटिएका हुन् ।

Navjiwan hospital adv

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार प्रारम्भिक जाँचका क्रममा पोखरेलले विष सेवन गरेको हुनसक्ने देखिएको छ ।
‘नजिकै विषको बट्टा पनि बरामद भएको छ,’ पोखरेलले भने, ‘ घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’

उनी इलाम जाने भनेर ४ दिनअघि घरबाट निस्किएका थिए ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । मृतकको भिसेरा जाँच गर्न प्रहरी तयारी छ । भिसेरा जाँचबाट मृतकले जीवित हुँदा अन्तिम पटक के–के खाएका थिए भन्ने खुल्नेछ ।

 

याे पनि हेर्नुस्
Loading...