सरकारको डाटा ‘रिकभरी सेन्टर’मा आगलागी

cp new add
Nisharg hospital

९ असोज, काठमाडौं । हेटौंडा–४ को हुप्रचौरमा रहेको डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा आगलागी भएको छ । सरकारी सूचनाहरु ‘ब्याक–अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टर मै आगलागी भएको हो ।

Nast Ad

आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागी नियन्त्रण गर्न प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए । आगलागी कारण र क्षतिबारे भने अहिले जानकारी नआइसकेको प्रहरीले जनाएको छ ।

डाटा रिकभरी सेन्टरमा रहेका ब्याट्री पड्किएर आगलागी भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहकाय निर्देशक रमेशप्रसाद पोखरेलले बताए । ‘आगलागी भएपछि काठमाडौंमा एक प्रविधिक टोली अवस्था बुझ्न हेटौंडा जाँदैछ,’ उनले भने,’क्षतिको पुरा विवरण आएको छैन ।’

आगलागी कारण कतिपय सरकारी अनलाइन सेवा तथा सूचना प्रणालीमा असर पर्न सक्ने उनले बताए । ‘धेरै सेवा र सूचनाको ब्याकअप सिंहदरबारमै छ,’ उनले भने,’प्रदेशका कतिपय सेवमा त्यसले असर पार्नसक्छ ।’

उनले यसअघि काठमाडौंमा रहेको डाटा सेन्टरमा पनि ब्याट्री पड्किएरै यस्तो घटना भएको बताए । ‘ठूलो क्षति नभएको आकलन गरेका छौं,’ उनले भने ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...