प्रधानमन्त्री मौन बस्नुले अर्थमन्त्रीको अनैतिक काममा संलग्नता पुष्टि गर्छ : पोखरेल

Nisharg hospital
Airth Mantralaye

२१ असार, धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अवाच्छीत व्यक्तिको प्रयोग गरेर करका दायरा हेरफेर गर्ने अर्थमन्त्री जनार्दन शर्मालाई कारवाही गर्ने सवालमा प्रधानमन्त्री अग्रसर नहुनेले आशंका उब्जाएको बताएका छन् । पोखरेलले निश्चित ठूला व्यापारिक घरानालाई पोस्नेगरी अनुचित तरिकाले करको दायरा हेरफेर गर्ने कुरामा उदासिनता देखाउदै प्रधानमन्त्री मौन बस्नुले मिलेमतोको आशंका बढाएको बताएका हुन् ।

pradesh helath nirdesanalaye
gauriganga

मंगलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अर्थमन्त्री शर्मामाथिको गम्भीर आरोपबारे छानविन गरेर कारवाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार हुनुपर्ने नभए उनको समेत संलग्नता पुष्टि गर्ने दाबी गरे ।

Dhangadhi bidhut

‘अर्थमन्त्रीले अवाच्छीत व्यक्तिको प्रयोग गरेर अवाच्छीत, अनैतिक नीतिगत भ्रष्टाचार गर्नेगरी करका दर हेरफेर गर्ने तहसम्मको गतिविधी हुँदा पनि प्रधानमन्त्री चुप लाग्नु भनेको उहाँ समेतको मिलेमतोमा भएको छ भन्ने कुराको आशंका बढाएको छ,’ पोखरेलले भने, ‘यदी होइन भन्ने कुरा प्रमाणीत गर्नुछ भने अविलम्ब अर्थमन्त्रीमाथि छानविन गरी कारवाही गर्नुपर्छ अन्यथा प्रधानमन्त्री यो कार्य संलग्न छन् भन्ने कुरा पुष्टि हुन्छ ।’

उनले एमालेले अर्थमन्त्रीको अनैतिक कार्यको भण्डाफोर गरेपछि सीसीटीभी फुटेज समेत नष्ट गरिएको भन्दै सरकारले जनताप्रती देखाइरहेको उदासिनता अत्यन्त गम्भीर विषय भएको टिप्पणी गरेका छन् । एमाले नेतृत्वको सरकारलाई विस्थापीत गर्न प्रयोग गरिएका हतकण्डाकोे दुस्परिणाम अहिले मुलुकले व्यहोरिरहेको उल्लेख गर्दै गठबन्धन सरकारले देशमा आर्थिक संकट पैदा गरेको आरोप उनले लगाए ।

‘हामी सरकारमा रहदा मुलुक बचतको अवस्थामा थियो तर आज झण्डै दुई खर्बको घाटमा पुगेको छ । गठबन्धन सरकारले ९ महिनामै अर्थतन्त्र डामाडोल पारिदिएको छ,’ पोखरेलले भने, ‘विदेशी मुद्राको संञ्चिदुती दुपयोग गर्दा वस्तु र सेवा आयत गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।’ उनले देउवा सरकारले झण्डै दोब्बरले मूल्य बृद्धि गरेको दाबी समेत गरे । एमालेले सरकार छोड्दा मूल्य बृद्धि दर ३ दशमलव ७ प्रतिश रहेकोमा अहिले दोब्बरले बढेर ७ दशमलव ८ प्रतिशत पुगेको पोखरेलको भनाई छ ।

पैँसा अभावकै कारण देखाएर सरकारले चुनाव गर्न नसकेमा राजीनामा दिनुपर्ने तर्क पनि उनको थियो । फरक प्रसंगमा बोल्दै पोखरेलले अहिले पनि नेकपा एमाले मुलुकको पहिलो शक्ति भएको कुरा स्थानीय तहको निर्वाचनले पुष्टि गरिदिएकाले अगामी निर्वाचनमा देशलाई श्रीलङ्का बनाउन खोज्ने गठबन्धनलाई जनताले मत नदिने दाबी गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...