अछाम सदरमुकाम मंगलसेन निषेधित क्षेत्र घोषणा

cp new add
Nisharg hospital

२१ असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिकाका १६वर्षीय विनोद शाही मृत्यु प्रकरणलाई लिएर स्थानीय प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषण गरेको छ। जिल्ला प्रशासन कार्यलय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय , बैरागी धारा बस काउन्टर, मंलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्र भित्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जनाएको छ ।

Nast Ad

निषेधित क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम नगर्न, नगराउन प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीद्वारा जारी आदेशमा भनिएको छ । यस्तै, निषेधित क्षेत्र तोकिएका ठाउँमा बाधा अवरोध नगर्न र निषेधित क्षेत्र उल्लंघन गरेको पाइएमा कानूनी कारवाही हुने जिल्ला प्रशासन कार्यलयले जनाएको छ।

मृतक विनोद शाहीको न्यायको लागि भन्दै सोमबार ५ दलीय गठबन्धनले गरेको आन्दोलनले उग्र रुप लिँदा सोमबार १४ जना स्थानीय र १३ सुरक्षाकर्मी घाइते भएका थिए । जेठ १७ गतेदेखि बेपत्ता पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानका १६ बर्षीय किशोर विनोद शाही २१ गते स्थानीय जंगलमा मृत फेला परेका थिए ।

उनको हत्या गरिएको भन्दै परिवारले दिएको किटानी जाहेरीका आधारमा पञ्चदेवल बिनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउनेसहित ७ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ अन्य ६ जनाको खोजी भइरहेको छ ।

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...