१० असोज, धनगढी । नेपाल बुद्धिजीवी परिषद् सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन मंगलबार (भोलि) धनगढीमा हुने भएको छ । बुद्धिजीवी परिषद्को प्रथम प्रदेश अधिवेशन आयोजक समितिले प्रथम अधिवेशनको सबै तयारी पूरा भइसकेको जनाएको छ ।
नेपाल बुद्धिजीवी परिषद्की केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज गोमा अधिकारीले प्रथम अधिवेशनमा आवश्यक सबै तयारी पूरा भइसकेको बताउँदै बिहान १० बजे औपचारिक कार्यक्रम सुरु हुने जानकारी दिइन् । धनगढीस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा अधिवेशन सञ्चालन हुने उनले बताइन् ।
अधिकारीकाअनुसार अधिवेशनमा सहभागी हुन सुदूरपश्चिमका ९ वटै जिल्लाका विभिन्न स्थानीय तहबाट डेढ सय भन्दा बढि प्रतिनिधि धनगढी आइपुगेका छन् । अधिवेशनको प्रमुख अतिथि परिषद्का केन्द्रीय महासचिव गजेन्द्र थपलिया रहेका छन् ।
उक्त अधिवेशनले परिषद्को ३७ सदस्यीय प्रदेश समिति चयन गर्ने बताइएको छ ।