हत्या आरोपी मेयरलाई सरकारी वकिलले अदालत पेश गरेनन्, १० जना विरुद्ध मुद्दा दायर

Nisharg hospital

२१ असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाहीको हत्या आरोपमा १० जनामाथि मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय अछामले पक्राउ परेका ४ जना र फरार रहेका ६ जना गरी १० जनामाथि मुद्दा चलाएको हो ।

मुद्दा दायर गर्न भन्दै प्रहरीले पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई अदालतमा उपस्थित गराएको छ । फरार रहेका अक्कल शाही, सज्जन शाही, कर्ण शाही, शान्ति शाही, द्रौपती शाही र दानमति शाही विरुद्ध पनि मुद्दा दायर गरिएको छ । दानमति जिल्ला समन्वय समिति अछामकी उपप्रमुख हुन् ।

Aishwya
Dhanagdhi

पीडित पक्षले आरोपी भनेका र पक्राउ परेका मेयर अम्बिका चलाउनेसहित नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई भने अदालतमा उपस्थित गराएन । सरकारी वकिल कौशल ढुंगानाले उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ३१ अनुसारको प्रमाण नपुगेको भन्दै मुद्दा अघि नबढाएको अधिवक्ता कृष्ण ढुंगानाले जानकारी दिए ।

पीडित पक्षले उनीहरु ३ सहित १३ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । गत जेठमा घरबाट हराएको ५ दिन पछि शाही नजिकै मृत फेला परेका थिए । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो ।

स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए । पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो ।

सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए । शाहीको हत्या गरिएको भन्दै दोषीलाई पक्राउ गर्न माग गर्दै परिवारले ५ दिनसम्म घटनास्थलबाट शव उठाउन दिएको थिएन । प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि उनीहरु शव बुझ्न तयार भएका थिए । दोषीलाई पक्राउ नगरिएको भन्दै अछाम जिल्लामा क्रियाशील पाँच दलले आइतबारदेखि यातायात सेवा बन्द गरेका थिए ।

 

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...