
काठमाडौं । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको किशनगञ्जका २८ वर्षीय सुल्तान अली रहेका छन् ।
बिहीबार बिहान साढे १० बजे सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको बीआर ३७ क्यू ३९४९ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।
उनको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

