press
po

अछामका शाही हत्याकाण्ड : ‘सरकारी वकिलविरुद्ध अदालत जान्छौँ’

cp new add
Nisharg hospital
dhanga
Rubic

२१ असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय किशोर विनोद शाही मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको विवादको पृष्ठभूमीमा भएको उक्त मृत्यु प्रकरणमा सरकारी वकिल कौशल ढुङ्गानाले हत्या आरोपी मेयर अम्बिका चलाउनेसहितका तीन जनाविरुद्ध मुद्दा अघि नबढाउने निर्णय लिएपछि घटनाले नयाँ मोड लिएको छ ।

sanjiwan
Nisharg

पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित पीडित पक्षले मुख्य योजनाकार दाबी गर्दै किटानी जाहेरी दिएका अर्का नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको भन्दै छाडेको छ भने अन्य १० जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरिएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

मुद्दा दायर गरिएका मध्ये चार जनालाई प्रहरीले पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई मंगलबार नै अदालत पेश गरेको जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलले जानकारी दिए । हत्या आरोपी जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाहीसहितका अन्य ६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

HAMRO DAIRY

सरकारी वकिल ढुङ्गानाले आरोपलाई पुष्टि गर्ने प्रमाण नपुगेको भन्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशकी सहमहामन्त्री समेत रहेकी मेयर चलाउनेसहितका तीन जनाविरुद्धको मुद्दा अघि नबढाउने निर्णयले पीडित पक्षले सत्ता र शक्तिको आडमा उक्त निर्णय भएको प्रतिक्रिया दिएका छन् ।

‘सरकारी वकिलले किटानी जाहेरी परेका १३ जनाविरुद्धको मुद्दालाई नै प्रमाण नपुगेको भन्दै अदालत नलैजाने खेल गरिसकेका थिए,’ मृतकका दाजु बखतबहादुर शाहीले भने, ‘तर भाईको न्यायका लागि सबै जनाले दबाब दिएपछि १० जनाको मुद्दा अदालत लैजानुभएको हो । मेयरलाई सत्ता र शक्तिको दुरुपयोग गरेर छुटाइएको छ ।’

उनले सरकारी वकिलको निर्णयका सम्बन्धमा छलफल गरेर आवश्यक कदम चालिने संकेत गरेका छन् । तर सुरुवातदेखि नै पीडित पक्षलाई कानूनी पाटोमा सघाउदै आएका अधिवक्ता कृष्णप्रसाद ढुङ्गाना भने सरकारी वकिल कौशल ढुङ्गानाले फौजदारी अभियोगमा आफ्नो अधिकारको दुरुपयोग गरेको भन्दै उनीविरुद्ध कानूनी उपचारमा जाने बताउँछन् ।

Nav

‘कुनै पनि आरोपी दोषी हो की निर्दोष भनेर छुट्याउने काम सरकारी वकिलको होइन् । यो अधिकार उनलाई छैन । फौजदारी अपराधमा व्यक्ति घटनास्थलमै हुनुपर्छ भन्ने पनि हुँदैन् । त्यहाँ उपस्थित नभएपनि विभिन्न माध्यमबाट भूमिका खेलेको हुनसक्छ,’ ढुङ्गानाले भने, ‘यो घटनामा एकल निर्णय गरेर सरकारी वकिलले प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले अधिकारको दुरुपयोग गरेका छन् । हामी परामर्श गरेर उहाँविरुद्ध कानूनी उपचारमा जान्छौँ ।’

उनले सरकारी वकिलको निर्णयले फौजदारी अभियोगमा सत्ता र शक्तीको दुरुपयोग कसरी गरिन्छ भन्ने चित्र समेत प्रष्ट देखाएको टिप्पणी समेत गरेका छन् । ढुङ्गानाले सरकारी वकिलले एकल रुपमा उक्त निर्णय लिए वा महान्यायधिवक्ताको कार्यालयले लिएको हो ? भन्ने कुरा नखुलेकाले विस्तृत कुरा अध्ययनपछि मात्र थप कदम चालिने जनाए ।

‘सरकारी वकिलले एकल रुपमा यो निर्णय लिएको भए हामी उहाँविरुद्ध कानून उपचार खोज्न उच्च अदालत दिपायल जान्छौँ । होइन महान्यायधिवक्ताको कार्यालय मार्फत गरिएको निर्णय भए सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौँ,’ ढुङ्गानाले भने ।

यसअघि पीडित पक्षले सरकारी वकिलले मुद्दा अदालतसम्म नलैजान सहमती गर्न दबाब दिएको आरोप समेत लगाएका थियो तर सरकारी वकिलले उक्त आरोप अस्वीकार गरेका थिए ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।

शाहीको हत्या गरिएको भन्दै पीडित पक्षले मेयर चलाउनेसहितका १३ जनाव्रिद्ध कर्तव्य ज्यान मुद्दा दिएको थियो । शाही मृत भेटिएको दिनदेखि फरार चलाउनेलाई प्रहरीले शनिबार एकाएक सरकारी वकिल कार्यालय नजिकैबाट नियन्त्रणमा लिएको थियो ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...