कञ्चनपुरमा स्कुलको छतमा युवक मृत भेटिए, एक जना पक्राउ

Nisharg hospital

२२ असार, धनगढी । कञ्चनपुरमा युवक स्कुलको छतमा मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले उनीसँगै रहेका अर्का एक जनाई पक्राउ गरेको छ ।

Navjiwan hospital adv

जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरमा रहेको गोल्डेन ब्रीज बोर्डिङ स्कुलको दुई तले छतमा वडा नम्बर ७ हल्दुखालका अन्दाजी २२ वर्षीय प्रेमसिंह धामी मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) चक्र शाहले धामी मृत भेटिएको घटनाको अनुसन्धानका लागि उनीसँगै छतमा सुतेका अर्का एक युवकलाई पक्राउ गरिएको बताए । डीएसपी शाहकाअनुसार उनीहरु दुवै जना लागुऔषध प्रयोगकर्ता हुन् ।

प्रारम्भीक अनुसन्धानका क्रममा दुवै जना वियर र लागुऔषध सेवन गरेर आराम गर्ने भन्दै स्कुलको छतमाथि गएका थिए तर धामीको मृत्युपछि पक्राउ गरिएका उनकै साथीले प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए ।

याे पनि हेर्नुस्
Loading...