धनगढीमा कैँची प्रहार गरि भाइले गरे सहाेदर दाजुकाे हत्या

Dhangadhi

धनगढी । धनगढीमा घरायसी विवादका क्रममा भाइले सहाेदर दाजुकाे हत्या गरेका छन् ।

Nisharg hospital

धनगढी उपमहानगरपालिका -१७ दिपनगर टाेल बस्ने लालबहादुर बाेहराकाे गएराति हत्या भएकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले घरायसी विवादमा बाेहरामाथि उनकै सहाेदर भाइ प्रकाश बाेहराले कुटपिट गरेकाे बताए ।

ok

साे क्रममा उनकाे घाँटीमा कैँची प्रहार गरिएकाे थियाे । कैँची प्रहारबाट गम्भीर घाइते भएका बाेहरालाई राति नै धनगढीकाे निसर्ग अस्पताल पुगाइएकाे थियाे ।

तर उनकाे उपचारका क्रममा मृत्युु भएकाे प्रहरी निरीक्षक खड्काले बताए । बाेहराकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

उनका भाइ प्रकाशलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेकाे छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...