press
po

श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट एक पुरुषको मृत्यु

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौं । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका छन् ।

sanjiwan
Nisharg

गएराति करिब १० बजेको समयमा उनकै श्रीमती ३५ वर्षीय कमली मास्के र भारतीय नागरिक २७ वर्षीय सुनील मिश्रले उनीमाथि रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । रड प्रहारबाट बुधरामको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

प्रहरी निरीक्षक दाहालले भने, ‘बुधराममाथि उनकै श्रीमती कमली र भारतीय नागरिक सुनिलले टाउकोमा रड प्रहार गरेका रहेछन् । घटनापछि मिश्र पक्राउ परेका छन् भने उनकी श्रीमती कमली फरार छिन् । बुधराममाथि किन रड प्रहार गरियो भन्नेबारे अहिले खुल्न सकेको छैन ।’

HAMRO DAIRY

रड प्रहार गर्ने मध्ये मिश्र पक्राउ परेको र कमलीको खोजी भइरहेको उनले बताए ।

बुधराममाथि रड प्रहार गर्नुका कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दाहालले बताए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...