


धनगढी । डडेल्धुराको अजयमेरु गाउँपालिका–१ घर भएका प्रहरी जवान लोकेन्द्र भण्डारीको नयाँ मोटरसाइकल चलाउने सपना अधुरो बनेको छ ।



पूर्वी नवलपरासीको देवचुलीमा सडक दुर्घटनामा ज्यान गुमाएका प्रहरी जवान भण्डारी नयाँ मोटरसाइकल चढ्ने धोकोसहित खरिद गरेको भोलिपल्टै अस्ताएका हुन् ।





भण्डारी नारायणगढबाट कावासोतीतर्फ जाँदै गर्दा बाप्र०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको नम्बर नखुलेको ट्र्याक्टरले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरे । भण्डारीका श्रीमती र नाबालिका छोरी छन् ।






