अछाममा दुई किशाेरी मृत भेटिए

Dhangadhi

धनगढी । अछाममा दुई जना किशोरी मृत अवस्थामा भेटिएका छन् ।

Nisharg hospital

जिल्लाकाे ढकारी गाउँपालिका-८ पलसातामा  १४ वर्षीय ईश्वरा खड्का र १५ वर्षीय सरस्वती खड्का मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरी भण्डारीले बाख्रा चराउन गाेठालाे गएका उनीहरू हराएकाे खबरअनुसार खाेजी गर्ने क्रममा मृत भेटिएको बताए ।

ok

उनकाअनुसार दुवै जनाकाे शव भिरमुनी भेटिएपनि घटना शंकास्पद रहेकाे छ । दुवैकाे शव १५/२० मिटरकाे फरकमा भेटिएकाे छ ।

अहिले नेपालगञ्जबाट तालिमप्राप्त कुकुर बाेलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...