कैलालीमा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान बेहोस्, दुई जना आईसीयूमा भर्ना

spa1
Nisharg hospital

२२ असार, धनगढी । कैलालीमा दौड्ने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएका छन् । उनीहरु मध्ये दुई जनाको सेती प्रादेशिक अस्पतालमा आईसीयूमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

swostik

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले नियमित तालिमको दौरानमा बुधबार धनगढीस्थित भन्सार हुँदै फाप्ला जोड्ने सडकमा दौड्ने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएको बताए ।

kailali model

उनीहरुलाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । अस्पतालमा समान्य उपचारपछि छ जना डिस्चार्ज भएपनि अन्य तीन जनाको उपचार जारी छ ।  उनीहरु मध्ये दुई जनालाई आईसीयू र एक जनालाई जरनल वार्डमा राखेर उपचार भइरहेको छ ।

adv khaptad

प्रशिक्षार्थी प्रहरी जवान सरोज चौधरी र प्रशान्त रावलको आईसीयूमा राखेर उपचार भइरहेको बताउँदै जोशीले उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए । बुधबार नियमित तालिम अन्तरगत सुदूरपश्चिम प्रहरी मुख्यालय गण धनगढीले १० किलोमिटरको दौड गराएको थियो । सोही क्रममा उनीहरु लडेर बेहोस् भएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...