धनगढीमा हाइसको ठक्करबाट युवकको मृत्यु, चालक फरार

cp new add
Nisharg hospital

धनगढी । धनगढीमा हाइसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–३ फाप्ला नजिकै गएराति नम्बर नखुलेको हाइसले ठक्कर दिदा पैदल यात्री चटकपुरका कालु रानाको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका रानालाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । तर उनलाई चिकित्सकले राति ११ः१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि हाइस र चालक फरार छन्। फरार चालक र हाइसको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...