अत्तरिया उद्योग वाणिज्य संघका सदस्यकाे मनाेनयन खारेज, विधानबमोजिम काम गर्न आदेश

cp new add
Nisharg hospital
suchana

धनगढी । अत्तरिया उद्योग वाणिज्य संघलाई विधानअनुसार काम गर्न दिन उच्च अदालत दिपायलले आदेश दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीको नाममा परमादेश जारी गर्दै उच्च अदालतले विधान बमोजिम काम गर्न दिन आदेश दिएको हो ।

प्रादेशिक महोत्सवका बेला टिकट बिक्रिमा अनियमितता गरेको आरोपमा मुछिएपछि अत्तरिया उद्योग वाणिज्य संघका केही सदस्यले राजीनामा बुझाएका थिए । ५ मंसिरमा संघका ११ जनाले राजीनामा दिएका थिए ।

त्यसपछि संघले २८ पुसमा ६ जना सदस्य मनोनित गरेको थियो । तर उद्योग वाणिज्य संघले विधान विपरीत सदस्य मनोनित गरेको ठहर गर्दै सदस्य मनोनयन गर्ने निर्णय समेत बदर गरेको छ ।

संघका नाममा परमादेश जारी गर्दै उच्च अदालतले संस्थाको विधान बमोजिम सदस्य र पदाधिकारी पदपूर्ति गर्न गर्न समेत आदेश दिएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...