धनगढीमा १७० मिलिग्राम खैरो हिरोइनसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१९ गुम्बाचोकबाट १७० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही ठाउँका २७ वर्षीय राजन सिंह र ३४ वर्षीय मनोज देवार रहेका छन्।

इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेपछि उनीहरूलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...