महाकाली नदीमा तुइनबाट खसेर युवक बेपत्ता

२२ असार, धनगढी । दार्चुलामा तुइनबाट महाकाली नदी तर्ने क्रममा खसेर एक युवक बेपत्ता भएका छन् । बुधबार दिउँसो जिल्लाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा भारतबाट फर्किदै गरेका बेला तुइन तर्ने क्रममा ब्यासकै १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Nisharg hospital

जिल्ला प्रहरी कार्यालयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सयुक्त रुपमा बेपत्ता बुढाथोकीको खोजी थालेको छ । बुढाथोकी धारचुला तहसिलमा पर्ने गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्किदै गर्दा नदीमा बगेर बेपत्ता भएका हुन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...