सुदूरपश्चिमका यी क्षेत्रमा माओवादीले टुंग्यायो उम्मेदवार (सूचीसहित)

Nisharg hospital

२२ असोज, धनगढी । माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका केही उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले प्रतिनिधिसभाको ४ सिट पाएको छ । माओवादीको भागमा परेको कैलाली क्षेत्र नम्बर २ मा भगतबहादुर बडुवालले टिकट करिब निश्चित भएको छ ।

Navjiwan hospital adv

कैलाली ४ मा कृष्ण चौधरी वा वीरमान चौधरी मध्ये एकले टिकट पाउनेछन् । बैतडीको उम्मेदवार टुंगिएको छैन भने कञ्चनपुर १ मा विना मगर उम्मेदवार हुनेछन् ।
प्रदेशसभातर्फ बाजुरा क मा कर्णबहादुर विकले टिकट पाएका छन् भने अछाम १ ख र अछाम २ कको उम्मेदवार टुंगो लागेको छैन ।

बझाङ ख मा भीम भण्डारीले टिकट पाएका छन् भने डोटीको टुंगिएको छैन । कैलाली ३ को ख मा नन्दबहादुर साउदको सम्भावना छ । कैलाली ५ को क मा रमेश धामी उम्मेदवार हुने भएका छन् ।

दार्चुला ख मा मानबहादुर धामी र डडेलधुरा क मा खगराज भट्ट उम्मेदवार हुने छन् । कञ्चनपुर १ कमा कांग्रेसले पनि दाबी गरेका कारण उम्मेदवार टुंगिएको छैन भने २ को कमा टेकेन्द्र भट्टले टिकट पाउने छन् । कैलाली ३ को क र ख दुबैमा माओवादीको दाबी छ, तर भागवण्डा टुंगिएको छैन ।

 

याे पनि हेर्नुस्
Loading...