
धनगढी । अछामको साफेबगर बजारमा रहेको हाटबजारमा शनिबार बिहान भएको आगालागीबाट पीडितलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले आगलागी पीडितलाई आगलागीबाट पीडित भएकाहरुलाई तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

शनिबार बिहान साँफेबगर नगरपालिका–३ मा रहेको हाटबजारमा विद्युत सर्ट भएर आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका थिए । स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको थियो । उक्त आगो जस्ता पाताले छाएका अन्य पसलमा समेत फैलिएको थियो ।
प्रहरीले सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहान ६बजे मात्र आगो नियन्त्रणमा लिएको थियो ।
