
धनगढी । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले विष्टको उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौँ सरुवा गरेको हो ।

उनको ठाउँमा प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणालाई कैलाली प्रहरीको प्रमुखका रुपमा पठाएको छ । राणा नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुुसन्धान शाखा बनेपाबाट सरुवा भएका हुन् ।

करीब १३ महिना कैलाली प्रहरीको प्रमुख भएर काम गरेका विष्टले लागुऔषध दुर्व्यर्शनी, फरार प्रतिवादी पक्राउ, अवैध सामान बरामद लगायतमा रेकर्ड ब्रेक गरेका छन् ।
विष्टको कार्यकालमा लागुऔषध दुर्व्र्यशनीमा संलग्न ७८० बढि मानिस पक्राउ परेका छन् भने विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका करीब साढे ६ सय जनालाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याएका छन् । ११ करोड पाँच लाख बढिको अवैध सामान बरामद गरेका छन् ।
कैलालीमा एसपी विष्ट आएपछि ६३७ फरार प्रतिवादी र लागुऔषधसहित ७७० जना पक्राउ
