
२३ असोज, धनगढी । दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरूद्ध भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका ६ पनेबांजस्थित गोकुलेश्वर–दार्चुला सडकखण्डमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको हो ।

आइतबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ । पहिरो पन्छाएर सडक खुलाउन प्रयास भइरहेको बताइएको छ ।
