अछामका शाह मृत्यु प्रकरण :अदालत पेश नगरी हत्या आरोपी प्रहरी हिरासतबाट छुटे

Seti
arth ok

२३ असार, धनगढी । भारतबाट फर्किने क्रममा कैलालीमा ज्यान गुमाएका अछामको चौरपाटी गाउँपालिका–१ का ३२ वर्षीय धनबहादुर शाह मृत्यु प्रकरणमा हत्या आरोपी छुटेका छन् । जिल्ला सरकारी वकिल राजेन्द्र भण्डारीले प्रहरीले पेश गरेको प्रतिवेदनका आधारमा मुद्दा चलाउन नसकिने निष्कर्ष निकाल्दै थप अनुसन्धान गर्न प्रहरीलाई मिसिल फिर्ता पठाउदै जमानीमा आरोतीलाई छोड्ने निर्णय गरेपछि उनीहरु छुटेका हुन् ।

Nisharg hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका पवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले सरकारी वकिलको आदेशपछि पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेका चौरपाटी गाउँपालिका–१ का ५४ वर्षीय खडक शाह, ४५ वर्षीय कृष्णबहादुर शाह र सोही ठाउँका ३८ वर्षीय पदमबहादुर साउदलाई छाडिएको बताए । ‘सरकारी वकिलले हामीलाई तत्काल थुनामा राखेर अनुसन्धान गर्न नपर्ने भएकाले जिम्मा जमानी राखेर छोड्नु भन्ने आदेश गरेपछि हामीले हत्या आरो िलागेका तीनै जनालाई छोडेका छौँ,’ डीएसपी जोशीले भने ।

उनकाअनुसार शव परीक्षण रिर्पोटमा शाहको मृत्युको कारण खुल्न नसकेपछि भीसेरा परीक्षणका लागि पठाइएको छ तर रिर्पोट प्राप्त भएको छैन । जिल्ला सरकारी वकिल राजेन्द्र भण्डारीले शाह मृत्यु सम्बन्धी मुद्दामा प्रहरीले पेश गरेको फाइल थप अनुसन्धान गर्न भन्दै फिर्ता गरेकाले आरोपीलाई २५ दिन भन्दा बढि हिरासतमा राख्न नमिल्ने भएकाले मुक्त गरिदिन प्रहरीलाई निर्देशन गरिएको बताए ।

HPV

भण्डारीले मुलुकी कार्यविधी फौजदारी संहिताको १०(३) बमोजिम उक्त निर्णय लिएको बताउदै मुद्दाको अनुसन्धान भने नटुङ्गिएकाले सबुत प्रमाण जुटे प्रहरीले जुनसुकै बेला पक्राउ गरेर अदालत पेश गर्न सक्ने बताए । तर मृतकका आफन्तले भने सरकारी वकिलले गरेको उक्त निर्णयमा असहमती जनाउदै आफूहरुलाई थाहै नदिएर हत्या आरोपीलाई रिहा गरेको जनाएका छन् ।

मृतककी श्रीमती धनादेवी शाहले सरकारी वकिल र प्रहरी प्रशासनले कुन आधारमा उनीहरुलाई थुनामुक्त गरेको हो ? भन्ने कुरा जानकारी समेत नदिइएको बताइन् ।
‘हिरासतबाट उनीहरुलाई सरकारी वकिल वा प्रहरी जसले निकालेको भएपनि हामी पीडित पक्षलाई बोलाउन पर्दैन ? जानकारीसम्म त दिइनुपथ्र्यो त्यो पनि भएन,’ धानाले भनिन्, ‘यो कुरा उहाँहरुले प्रष्ट पार्नुपर्छ । होइन भने स्थिती अर्कै हुनसक्छ ।’

गत २६ जेठमा भारतको मुम्बईबाट हत्या आरोप लागेका तीन जना व्यक्तिहरुसँगै फर्किएका शाह धनगढी बसपार्कस्थित एक होटलमा बसेका थिए । सोही दिन धनबहादुर बिरामी भएपछि माया मेट्रो अस्पतालबाट औषधी किनेर खुवाएका थिए तर स्वस्थ नभएपछि २७ गते पुनः सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

ठीक भएपछि अछामतिर लागेका उनीहरुले पछि फेरि धनबहादुर बेहोस भएको भन्दै सोही दिन खानीडाँडाबाट फर्किएर माया मेट्रो अस्पतालमा लगेका थिए । तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । घटनाबारे मृतकका परिवारलाई ढिलो खबर गर्नुले हत्याको आशंकामा परिवारले किटानी जाहेरी दिएको थियो ।

खासगरी भारतको मुम्बईबाट उनीहरुले ठूलो मात्रामा नगद र गरगहना चोरी गरेर ल्याएको हुन सक्ने भन्दै लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको हुनसक्ने आशंका पीडित पक्षले गरेको थियो ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...