कैलालीमा चार लाखको अवधै सामानसहित २ जना पक्राउ

cp new add
Nisharg hospital
Samajik

धनगढी । कैलालीका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका सामान बरामद गरिएको छ । कैलाली प्रहरीले भजनी र धनगढी क्षेत्रबाट अवैध रुपमा भन्सार छली गरेर ल्याइएका चार लाख बराबरका अवैध सामान बरामद गर्दै दुई जनालाई पक्राउ गरिएको जनाएको छ ।

DHANGADHI

भजनी नगरपालिका–७ भुरुवा घाटबाट अन्दाजी एक लाख ५९ हजार सात सय बराबरका सामान बरामद गरिएको छ । प्रहरीकाअनुसार क्रेङ सापट, स्टेप लाइजर, बेयरिङ, हाइड्रोलिक फिल्टर, आयल फिल्टर, क्लच प्लेट, रोटामेटर क्रस, च्याम्बर नट, आयल सिल र एक थान साइकल बरामद गरिएको छ । ती सामान ओसारपसारमा संलग्न भजनी नगरपालिका –७ का ३० वर्षीय ललित यादवलाई इलाका प्रहरी कार्यालय पृथ्वीपुरले नियन्त्रणमा लिएको हो।

यस्तै, भजनी नगरपालिका–८ को सुनाफाटा क्षेत्रबाट अन्दाजी दुई लाख ३० हजार बराबरका गिरीराज जातका कुखुराका चल्ला र से ५ प ५१५२ नम्बरको मोटरसाइकलसहित जोशीपुर गाउँपालिका–५ सिमराना बस्ने २३ वर्षीय सैयद हुसेनलाई पनि पक्राउ गरिएको छ ।
उनलाई प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

यसैगरी, धनगढी उपमहानगरपालिका–३ विशालनगरबाट अबैध रूपमा ल्याइएको अन्दाजी १० हजार २५० बराबरको सुर्ती, ललिपप लगायतका सामग्री बरामद गरिएको छ । यसरी बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...