खैरो हिरोइनसहित बर्दियाबाट चार जना पक्राउ

Dhangadhi

२५ असोज, बर्दिया । प्रहरीले ४.७ ग्राम लागूऔषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ ।

Nisharg hospital

पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका–४ का सिमोन विक र ललित भुजेल तथा खजुरा गाउँपालिका–१ का भानु सिग्देल र नेपालगञ्जन उपमहानगरपालिका–४ का राजेश विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दिया खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका –०२ फुटाह दशगजा स्थित भारतबाट नेपालतर्फ आउँदै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता हिक्मत बहादुर कार्कीले जानकारी दिए ।

ok

पक्राउ परेका उनीहरुमाथि बर्दिया जिल्ला अदालत गुलरियाबाट लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...