बाजुराको बुढीगंगामा कडा सुरक्षाबीच मतदान जारी, एक हजार बढि सुरक्षाकर्मी परिचालन

Seti
arth ok

२३ असार, धनगढी । बाजुराको बुढीगंगा नगरपालिकामा कडा सुरक्षा घेराकाबीच मतदान भइरहेको छ । बैशाख ३० को निर्वाचन विवादीत भएपछि यहाँ पुनः मतदान भइरहेको हो । बिहान ७ बजेदेखि १० मतदान स्थलका १९ मतदान केन्द्रमा मतदान जारी रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले जानकारी दिए ।

Nisharg hospital

उनकाअनुसार कुल १३ हजार ६ सय ५९ मतदाता रहेको बुढीगंगामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेना समेत गरेर १ हजार भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाइएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...