कैलाली–५ मा सत्तारुढ गठबन्धनद्वारा निर्वाचन परिचालन समिति गठन, संयोजकमा पडाल

cp new add
Nisharg hospital

२५ असोज, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा गठबन्धनको निर्वाचन परिचालन समितिको संयोजकमा भीम पडाललाई चयन गरिएको छ ।

Nast Ad

विपी स्मृति भवनमा भएको पाँच दलिय गठबन्धनको बैठकले निर्वाचन परिचालन समितिको सहसंयोजकमा माओवादी केन्द्रकी प्रदेश कमिटि सदस्य शान्ति अधिकारी तथा निर्वाचन परिचालन समितिको सचिवमा नेकपा एककृत समाजवादीका नेता हनुमान चौधरीलाई चयन गरिएको छ ।

कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभाका १ र २ तथा धनगढी उपमहानगरपालिकाका लागि पनि निर्वाचन परिचाल समिति गठन गरिएको हो । प्रदेश ५ को १ मा काग्रेंसका सीताराम रानालाई संयोजक, माओवादीका राधाकृष्ण अधिकारीलाई सहसंयोजक र एकृकित समाजवादीका रामबजारी चौधरीलाई सचिवको जिम्मेवारी दिईएको छ ।

प्रदेश ५ को २ मा काग्रेंसका केशवराज जोशीलाई संयोजक, माओवादीका कृष्ण चौधरीलाई सहसंयोजक र एकिकृत समाजवादीका चक्र विकलाई सचिवको जिम्मेवारी दिईएको छ । धनगढी उपमहानगरपालिका क्षेत्रमा पनि निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

धनगढी नगर समितिको निर्वाचन परिचालन समितिको संयोजकमा काग्रेंसका यज्ञराज उपाध्याय, सहसंयोजकमा माओवादीका सुरज खाती र सचिवमा एकृकित समाजवादीका बाबुराजा श्रेष्ठलाई चयन गरिएको बताइएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...