भ्रम फैलाउने सामाजिक सञ्जालमाथि निगरानी राख्न बाबुराम भट्टराईको आग्रह

cp new add
Nisharg hospital

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गरी सामाजिक सञ्जालमा फैलाइने भ्रामक, तोडमरोड गरिएका तथा घृणा उत्पन्न गर्ने सामग्रीमाथि निगरानी राख्न सरकारलाई आग्रह गरेका छन् ।

Nast Ad

गम्भीर ध्यानाकर्षण पत्र जारी गर्दै भट्टराईले यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूह र उनीहरूले प्रयोग गरिरहेका सामाजिक सञ्जालका खातामाथि अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न अनुरोध गरेका छन् । पछिल्लो समय केही व्यक्ति तथा समूहले राजनीतिक स्वार्थका लागि हिन्दू धर्मावलम्बीको धार्मिक आस्थालाई प्रयोग गरी आफूलाई हिन्दूविरोधीका रूपमा चित्रित गर्ने प्रयास गरिरहेको उनको सचिवालयले जनाएको छ ।

पुराना भिडियो तथा अभिव्यक्तिलाई तोडमरोड गरी भ्रामक तस्बिर तथा पोस्टरमार्फत धार्मिक घृणा र सामाजिक विभाजन फैलाउने गतिविधि भइरहेको भन्दै सचिवालयले आपत्ति जनाएको छ ।

धर्मनिरपेक्ष हुनु कुनै धर्मको विरोध नभएको उल्लेख गर्दै भट्टराईले धार्मिक तथा वैचारिक स्वतन्त्रताको सम्मान गर्दै घृणा, हिंसा र विभाजन फैलाउने गतिविधिलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् ।

सामाजिक न्याय र समानताका विषयमा हुने आलोचनात्मक बहसलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको घृणाका रूपमा व्याख्या गर्नु तथ्यलाई तोडमरोड गर्नु भएको उनको भनाइ छ । यस्ता गतिविधिले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतामा असर पार्न सक्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...