कैलालीमा बहिनी भेट्न आएका पुरुष तालमा मृत भेटिए

Nisharg hospital

२५ असोज, धनगढी । कैलालीमा बहिनी भेट्न आएका एक जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–५ को वनखेतस्थित शिवसमाज सामुदायिक वनमा रहेको वनखेत तालमा अन्दाजी ४५ वर्षीय शिव नेपाली मृत भेटिएको प्रहरीले जनाएको छ ।

Dhangadhi suchana

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले कञ्चनपुर घर भएर भारतमा बस्दै आएका उनी मंगलबार मृत भेटिएको जानकारी दिए । उनकाअनुसार उनी घोडाघोडीमा बहिनी पार्वतीलाई भेट्न आएका थिए ।

स्थानीयले उनलाई तालमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेपाली मृत भेटिएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...