२५ असोज, धनगढी । बैतडीमा निरन्तर रुपमा परेको पानीका कारण आएको पहिरोले दुई घर भत्किएका छन् ।
जिल्लाको सुर्नया गाउँपालिका–७ बान्नी टोल गताडका रामबहादुर कुँवर र हर्कबहादुर कुँवरको छ÷छ कोठाको घर भत्किएको बताइएको छ ।
घरमाथिबाट पहिरो खस्दा घर भत्किएका हुन । आइतबार साँझ खसेको पहिरोले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
पात्थरले छाएका घर भत्किदा गेठमा बाँधेका पशुचौपाया घाइते भएका छन् । पहिरोले घर भत्किएर विस्थापित परिवार आफन्तको आश्रयमा बसेका छन् ।