कैलालीमा सुधार केन्द्रमा रहेका युवकको मृत्यु, हत्या गरिएको आरोप

Nisharg hospital

२५ असोज, धनगढी । कैलालीमा सुधार केन्द्रमा रहेका एक युवकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुरमा रहेको उग्रतारा सुधार केन्द्रमा मंगलबार बिहान डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका ३६ वर्षीय छत्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv

असोज २२ गतेदेखि सुधार केन्द्रमा बस्दै आएका उनी बिहान एक्कासी बिरामी भएपछि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा बिहान ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

तर मृतक शाहीका आफन्तले भने सुधार केन्द्रका सञ्चालक र कर्मचारीले उनका हात खुट्टा बाँधेर कुटपिट गरी हत्या गरेको आरोप लगाएका छन् । उनका आफन्तले प्रहरीमा सुधार केन्द्रका सञ्चालक र कर्मचारीविरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन् ।

याे पनि हेर्नुस्
Loading...