२४ असार, धनगढी । कैलालीका एक जना शिक्षकले जन्म दिनकाे अवसरमा रक्तदान गरेका छन् । जिल्लाकाे गाेदावरी नगरपालिका-४ बुढीताेलामा रहेकाे लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक राेशन भट्टले जन्म दिनकाे अवसरमा शुक्रबार धनगढी पुगेर रक्तदान गरेका हुन् ।
रक्त सञ्चार केन्द्रमा पुगेर रगत दान गरेका भट्टले रक्तदान जीवन दान भएकाले जन्म दिनमा मानवीय सेवा गर्ने उदेश्यले दिइएको बताए । उनले आफ्नो एक थाेपा रगतले कुनै व्यक्तिले नयाँ जीवन पाउने बताउँदै जन्म दिनमै दान गरिएको जनाए ।