भारतको केरलामा आर्थिक समृद्धिका लागि दुई महिलाको बलि

spa1
Nisharg hospital

२६ असोज, नयाँ दिल्ली । आर्थिक समृद्धिका लागी भारतको केरला पथनमथिट्टा जिल्लामा दुई महिलाको बलि दिएको घटना बाहिरिएको छ ।

अङ्ग्रेजी पत्रिका द हिन्दूमा प्रकाशित समाचारका अनुसार केरलाका दुई जिल्लाको प्रहरीले दुई महिला पद्मम र रोजाली बेपत्ता भएको विषयमा केही समयदेखि अनुसन्धान गरिरहेको थिए ।

kailali model
swostik

यस घटना सम्बन्धमा कोच्ची सिटी प्रहरीले शफी उर्फ रशीदसहित दम्पती भगवल सिंह र लैलालाई नियन्त्रणमा लिएको छ । यी तीनजनासँगको सोधपुछमा उक्त जानकारी बाहिर आएको हो ।

adv khaptad

कोच्चि सहरका प्रहरी उपरीक्षक सीएच नागराजू भन्छन्, ’पदममको हत्या सेप्टेम्बरको अन्तिम साता भएको थियो ।

भने अर्की महिलाको असारमा हत्या भएको थियो । यी तीनले दुवै महिलाको निर्ममतापूर्वक हत्या गरी शवलाई आफ्नै घरमा गाडिदिए ।’ अभियुक्तहरूले आफ्नो अपराध स्वीकार गरेका प्रहरीले जनाएको छ । –बीबीसी

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...