ललितपुर–१ क मा माओवादीका बागीले फिर्ता लिए उम्मेदवारी

Nisharg hospital

२६ असोज, ललितपुर । ललितपुरको क्षेत्र नं. १ प्रदेश सभा (क) मा माओवादी केन्द्रका बागी उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

माओवादीका आधिकारीक उम्मेद्वार हरि दहालको बिरुद्धमा वागी उम्मेद्वारी दिएका नेता राजु आले मगरले उम्मेद्वारी फिर्ता लिएका छन ।

बुधबार क्षेत्रीय निर्वाचन कार्यालय ललितपुरमा पुगेर उनले नाम फिर्ता लिएका हुन् । आलेले नाम फिर्ता गरेको अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए ।

प्रतिनिधिसभामा तर्फ यस क्षेत्रमा कांग्रेसका उदय शम्शेर राणा गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

प्रदेश क मा माओबादीका हरी दाहाल र ख मा कांग्रेसका मीन कृष्ण महर्जन उम्मेदवार बनेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...