२६ असोज, काठमाडौं । काठमाडौं–७ बाट निर्वाचित निवर्तमान सांसद रामवीर मानन्धरले आफ्नो उम्मेदवार कायमै राखेका छन् ।
नेकपा एमालेले श्यामप्रसाद घिमिरेलाई उम्मेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
बुधबार दिउँसो कुराकानीका क्रममा उनले आफूले निर्वाचन अधिकृतको कार्यालयमा चुनाव चिह्न लिन लागेको बताए । ‘मैले उम्मेदवारी फिर्ता लिएको छैन, फिर्ता लिन दिएकै होइन, चुनाव चिह्न लिने लाइनमा छु’ उनले भने ।
नेकपा एमालेसँग गठबन्धन गरेको जनता समाजवादी पार्टीले पनि यो क्षेत्रमा उम्मेदवारी दिएका छन् ।
यो क्षेत्रबाट सत्तारुढ गठबन्धनले नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईलाई समर्थन गरेको छ । मन्त्री राजेन्द्र श्रेष्ठ जसपाको उम्मेदवार रहेका छन् ।