एकै परिवारका तीन जना मृत भेटिए

Nisharg hospital

२६ असोज, वीरगञ्ज । बारामा एकै परिवारका तीन सदस्य मृत भेटिएका छन् ।

मृत भेटिनेमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

Navjiwan hospital adv

‘ एकै परिवारका तीन जना मृत भेटिएका छन्, प्रहरी टोली पुगिसकेको छ ।’ उनले भने ‘म पनि घटना स्थलमा पुग्दैछु ।’

प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको छ ।

दिउँसो साढे २ बजेतिर ढोरा खोला किनार तीन जनाको शव फेला परेको जानकारी पाएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरी उपरीक्षक बोगटीले बताए ।

याे पनि हेर्नुस्
Loading...