कञ्चनपुरमा जंगली जनावरलाई पासो थाप्न गएका युवकको मृत्यु

Nisharg hospital

२६ असोज, धनगढी । कञ्चनपुरमा जंगली जनावरलाई पासो थाप्न गएका कृष्णपुर नगरपालिका–१ का ४९ वर्षीय वीरबहादुर डगौराको मृत्यु भएको  हो ।

Navjiwan hospital adv

मंगलबार उनी जंगलमा मृत अवस्थमा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृतक डगौरासहित केही जनाको समूह जंगली जनावरलाई पासो थाप्न गएका भन्ने बुझिएको र सोही क्रममा करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानबाट मृतक डगौराको शव जंगलमा उनीसँगै गएकाहरुले लुकाएको भन्ने खुलेको र ७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गर्न थालिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।

याे पनि हेर्नुस्
Loading...