जिल्ला अदालतले सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

Dhangadhi

२७ असोज, काठमाडौं । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

Nisharg hospital

असोज २० मा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।
अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुन ७ दिन थुनामा राख्न अनुमति मागेको थियो ।

add krishi mela

‘हामीले बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुन्छ । तीन दिनमात्र दिनुपर्छ भन्यौं’ सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘श्रीमान सूर्यबहादुर थापाको बेञ्चले ५ दिन म्याद थप गरेको छ ।’

ok

यो अवधिमा बयान सकिएर कात्तिक १ गते मुद्दा दर्ता होस् भन्ने चाहेको घिमिरेले बताए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...