घनश्याम भुसालको कटाक्ष :सबै सम्भव तर, घुस नखाने राज्य व्यवस्था बनाउन असम्भव

cp new add
Nisharg hospital
Samajik

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विभिन्न समयमा भएका आन्दोलनबाट व्यवस्था परिवर्तन गरिएपनि सुशासन कायम हुन नसकेको बताएका छन् ।

DHANGADHI

पछिल्लो ३५ वर्षमा देशमा व्यवस्थागत परिवर्तन भएपनि भ्रष्टाचार अन्त्य हुन नसकेको उनको भनाइ छ ।पञ्चायती शासन अन्त्य गर्न सकिन्छ, प्रजातन्त्र स्थापना गर्न सकिन्छ, राजतन्त्र फाल्न सकिन्छ, गणतन्त्र ल्याउन सकिन्छ, नाकाबन्दीका विरुद्ध भारतका गालामा तमाचा हान्न सकिन्छ, संविधान जारी गर्न सकिन्छ, यो सबै हुँदो रहेछ, तर घुस नखाने राज्य व्यवस्था बनाउन सकिँदो रहेनछ, यो हाम्रो दुर्भाग्य’, उनले भने ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसको पूर्वसन्ध्यामा स्कुल अफ माक्सीज्मले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले एमाले, माओवादीलाई कटाक्ष गर्दै भने, ‘त्यत्रो क्रान्तिकारी पार्टी बनाउन सकिँदो रहेछ तर, घुस नखान सकिँदो रहेनछ ।’

पार्टी नेतृत्वकर्ताहरुले घुस खाएर पार्टी कब्जा गरेको भन्दै उनले आक्रोश पोखे । दलाल पूँजीवादकै विरुद्ध लडेर आएका कम्युनिष्ट पार्टीहरु अहिले उनीहरुको शरणमा परेको भुसालको छ ।

‘घुस खाने र पार्टी नेतृत्व कब्जा गर्नका लागि गुटबन्दी गर्न नसकिँदो रहेछ’, उनले भने ।कम्युनिष्ट आन्दोलन स्खलित भएको भन्दै उनले ३५ वर्षयताको उपलब्धी हेर्दा विचित्र लाग्ने बताए । नेताहरुले आफ्नै छोराछोरीलाई रोजगारी दिन नसकेको भन्दै उनले मुलुकमा बेथिती बढेको बताए ।

आफूले प्रणालीगत र वैचारिकीको बहस उठाउन खोजेको उनको भनाइ थियो ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...