गोदावरी र टीकापुरबाट झन्डै पाँच लाखको अवैध सामानसहित दुई पक्राउ

cp new add
Nisharg hospital
Samajik

धनगढी । कैलालीमा प्रहरीले झन्डै पाँच लाख बराबरको अवैध सामान बरामद गरेको छ । गोदावरी र टीकापुरबाट प्रहरीले चार लाख ९३ हजार बराबरको अवैध सामान बरामद गरेको हो ।

DHANGADHI

टीकापुर नगरपालिका–९ रैनिबोजी सडकखण्डमा भारतबाट भन्सार छलि ल्याइएको अन्दाजी २ लाख ७७ हजार बराबरको काँसको घण्टी, स्टिलका भाँडा, वेल्डिङ रड र से ५ प १६०८ नम्बरको मोटरसाइकलसहित ३३ वर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको छ।

यस्तै, गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्क नजिकबाट भन्सार छलि ल्याइएका अन्दाजी मूल्य एक लाख ९६ हजार पाँच सय बराबरको बलाङ्केट र कोलर तन्नासहित बर्दिया, ठाकुरद्वार नगरपालिका–९ का ३६ वर्षीय बिरेन्द्र रोकायालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...