press
po

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र ऊर्जा मन्त्री खड्काको बीचमा भेटवार्ता

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमलबहादुर शाहबिच मङ्गलवारर भेटवार्ता भएको छ।

sanjiwan
Nisharg
Nav

धनगढीस्थित मुख्यमन्त्री निवासमा सम्पन्न उक्त भेटमा सुदूरपश्चिम प्रदेशमा विद्युत्, सिँचाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी विषयमा केन्द्र–प्रदेश समन्वय, योजनाको कार्यान्वयन र सेवा प्रभावकारिताबारे छलफल भएको बताइएको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

उक्त अवसरमा मन्त्री खड्काले प्रदेशमा भइरहेको जलस्रोतसम्बन्धी प्रमुख आयोजनाको प्रगति, समस्या र अवसरबारे जानकारी लिएका थिए। मुख्यमन्त्री शाहले सुदूरपश्चिमको भूगोल, कृषि, सिँचाइ र ऊर्जा पहुँचको सन्दर्भमा केन्द्र सरकारसँग अझ प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो।

HAMRO DAIRY

भेटमा दुवै नेताले राष्ट्रिय परियोजनाको प्रभावकारी कार्यान्वयन, प्रदेशभित्रका साना–मझौला आयोजना र सिँचाइ विस्तार कार्यक्रमलाई प्राथमिकतामा राख्ने सहमति पनि जनाएका छन्।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...