बर्दिया राजापुरको बवईघाटमा पुल भत्किदा सडकखण्ड अवरुद्ध

Seti
arth ok

२८ असोज, बाँके । बर्दिया राजापुरको बवई घाटमा पुल भत्किएपछि सडकखण्ड अवरुद्ध भएको छ ।

Nisharg hospital

केही दिनदेखि परेको अविरल वर्षाका कारण बवई नदीमा पानीको बाह्व वृद्धि भएपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रुलाई आवतजावत गर्न कठिनाइ भएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताए ।

बवई नदीको जब्दीघाटको पुल बाढीले बगाउँदा गुलरिया सदरमुकाम र बारबर्दिया नगरपालिकाका स्थानीयवासीको आउजाउ बन्द भएको छ । ग्याङ नदीमाथि रहेको झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ ।

HPV

उक्त पुल बगाउँदा बारबर्दिया नगरपालिका र गुलरिया सदरमुकाम जाउजाउमा समस्या भएको स्थानीय विक्रम चौधरीले बताए । उक्त पुल पप्पु कन्स्ट्रशनले निर्माण गरेको हो । यसअघि सो पुल हस्तान्तरण नहुँदै २०७१ सालमा बबईको बाढीले भत्काएको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...