कैलाली कारागारमा हिंसात्मक घटना भएको ३६ घण्टासम्म कैदीबन्दीकै नियन्त्रणमा,स्थानीय प्रशासन निरीह

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलाली कारागारमा एक जनाको मृत्यु र ४९ जना घाइते हुनेगरि हिंसात्मक घटना भएको २४ घण्टा बित्दा समेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन् ।

घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाउदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् ।उनीहरूले सुरक्षाकर्मी र कारागार प्रशासनका कसैलाई पनि त्यहाँ प्रवेश गर्न दिएका छैनन् ।
सोही कारण घटनाको ३६ घण्टा बित्दा समेत कारागारभित्रको वास्तविक कुरा सार्वजनिक हुन सकेको छैन् ।
मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयको टोलीसँग कैदीबन्दीहरूले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक(एसपी) बालनरसिंह राणा बाहेकका माथिल्लो तहका प्रतिनिधिलाई मात्र भेट दिने बताएका छन् ।

उनीहरूले गृह मन्त्रालय र कारागार व्यवस्था विभागका प्रतिनिधिसँग मात्र वार्ता गरेर आफ्ना माग राख्ने कुरा राखेको मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अहिलेसम्म सुरक्षाकर्मी प्रवेश गर्न नपाएको कुरा सत्य भएको बताए ।

दिउँसो मानव अधिकार आयोगको टोलीसँगै कारागारको निरीक्षणमा जाने तयारी रहेको उनले बताए ।
हमालले अहिले कैदीबन्दीका आफन्तहरूले भेट गरिररहेको जानकारी दिए ।
कैदीबन्दीहरूले कारागारभित्र भइरहेका समस्याका बारेमा पटक-पटक स्थानीय प्रशासनले वेवास्ता गरेको आरोप लगाएका छन् ।

१४ साउनमा कारागारमा रहेका ५९० जना कैदीबन्दीले मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र पठाउदै कारागारभित्र आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षा माग गरेका थिए ।
सोही पत्रका आधारमा आयोगले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, कारागार विभाग लगायतका निकायलाई पत्राचार गर्दै उचित सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको थियो ।

तर उक्त कुरालाई गम्भीर रूपमा नलिदा शुक्रबार हिंसात्मक घटना हुन पुगेको मानव अधिकार आयोगको ठहर छ ।शुक्रबार ब्लक ए मा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ब्लक बी मा रहेका कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । आक्रमणमा परि धनगढी उपमहानगरपालिका-४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए ।

उनीहरू मध्ये गोदावरीका आयुश भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार जारी छ ।

अन्य घाइते सेती अस्पताल मातहतकै कोरोना अस्पतालमा राखेर उपचार भइरहेको छ । एक सय ५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...