धनगढीमा लागुऔषध ब्राउन सुगरसहित युवती पक्राउ

Nisharg hospital

२८ असोज, धनगढी । धनगढीमा लागुऔषध ब्राउन सुगरसहित एक युवती पक्राउ परेकी छन् । धनगढी उप–महानगरपालीका–२ स्थित त्रिनगर व्यारेल नजिकैबाट ब्राउन सुगरसहित वडा नम्बर १२ बस्ने ३२ वर्षीया उषा कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

swostik

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले शंकाका आधारमा चेकजाँच गर्ने क्रममा चार ग्राम आठ सय मिलीग्राम ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको जानकारी दिए ।

उनलाई हिरसातमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...